हरितालिका तीज

तीज चाड नेपाली दिदीवहिनीहरुका लागि धेरै नै लोकप्रिय छ ।

साधारणतया नेपाली चेलीहरु आफनो श्रीमानको लामो आयु र स्वस्थ्य रहुन भनेर व्रत वस्ने गर्छन ।

परम्परा अनुसार तीज चार दिनका लागि मनाईन्छ । साधारणतया सवै चेलीवेटीहरु मिलेसम्म माइती जाने गर्छन । नमिले पनि घरमै बसेर मिठा मिठा खाना वनाउने गर्छन

पहिलो दिन दर खाने, यो दिनमा दिनभर तयार गरिएका मिठामिठा खानाहरु ढिलासम्म सवै परिवारसँगै वसेर खाने गरिन्छ ।

दोस्रो तिजको दिन, धेरैजसो दिदीवहिनीहरु पानी पनि नखाई दिनभर व्रत वस्ने र शिव भगवानको पूजा आरधना गर्ने गर्छन । यो दिन पशुपतिनाथ लगायत धेरैजसो शिव भगवानका मन्दिरहरुमा भक्तजन र व्रतालुहरुको भिडभाड हुने गर्छ ।

यो दिनमा राता राता कपडा लगाउने र तीजका गीतहरुमा नाचगान गरेर रमाईलो पनि गर्ने गरिन्छ ।

तेस्रो दिन गणेश भगवानको पूजा हुन्छ भने चौथो दिनलाई ॠषीसीपञ्चमीको पूजासँगै तीज चाड सकिने गर्छ

Embark on a learning journey with us

If you would like to get information about our trainings, please reach out to us.